सिहान अशोक कुमार श्रेष्ठ अन्तराष्ट्र...

News

Get Update

Image

सिहान अशोक कुमार श्रेष्ठ अन्तराष्ट्रिय गोल्ड अवार्डबाट सम्मानित

01-Oct 2019

अन्तराष्ट्रिय मार्सल आर्ट्स महासंघ, स्विट्जरलैण्डद्धारा मिति २१ सेप्टेम्बर २०१९ मा बिश्व भरका बिभिन्न मार्सलआर्ट्स क्षेत्रमा बिभिन्न विधामा विशिष्ट योगदान पु¥याएका प्रशिक्षक तथा खेलाडीहरुलाई बिशिष्ट तहकोे अन्तराष्ट्रिय अवार्डले सम्मान गरिने कार्यक्रम “स्विस हल अफ अनर–२०१९ "(Swiss Hall of Honour-2019, Hotel Seedam Plaza, Pfaffikon SZ, Switzerland)” स्विटजरलैण्डमा आयोजना गरेका थिए । जसमा बिश्वभर अमेरिका, युरोप, एसिया लगायतका ३६ वटा राष्ट्रबाट प्रतिनिधीहरु सहभागी भएको उक्त कार्यक्रममा  महासंघद्धारा मार्सलआर्ट्स क्षेत्रमा बिशिष्ट योगदान पु¥याएका बिभिन्न देशका १८ जना बिशिष्ट व्यक्तित्वहरुलाई बिशिष्ट अवार्डहरुको लागि मनोनयन गरेका थिए ।  


उक्त अन्तराष्ट्रिय सम्मानित अवार्डका लागि नेपालबाट फुलकन्ट्याक्ट विधाको नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा नेपाल ब्रान्चचिफ सिहान अशोक कुमार श्रेष्ठलाई “सिनियर मास्टर अफ द ईएर २०१९”(Swiss Hall of Honour-2019, Hotel Seedam Plaza, Pfaffikon SZ, Switzerland)" तथा “एक्सेलेण्ट एजुकेशनल वर्क्स अफ मार्सल आर्ट्स–२०१९”Excellent Educational Works of  Martial Arts-2019)" या (GOLD AWARD) को गोल्ड अवार्ड ९न्इीम् ब्ध्ब्च्म्० का लागि मनोनित हुन सफल हुनु भएको थियो ।   मार्सल आर्ट्सको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको यस्तो ठुलो तथा सम्मानित अवार्ड नेपालले प्राप्त गरेको यो पहिलो पटक हो । मार्सल आर्ट्सको क्षेत्रमा अनवरत रुपमा २५ वर्ष भन्दा बढी सेवा गरेको, जापानको तर्फबाट नेपाल प्रमुख भई कार्य गरेको, कम्तिमा ६ डान ब्ल्याक बेल्ट प्राप्त भएको, बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कराँते सेमिनारहरुमा सहभागी भई अनुभव भएको, बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा प्रशिक्षक तथा रेफ्रिको अनुभव भएको,  बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको तथा बिभिन्न पुरस्कारहरु प्राप्त गरी ख्याती कमाएको लगायतको मापडण्ड पुरा भएपछि श्रेष्ठ यो सम्मानबाट पुरस्कृत हुनुभएको थियो । उक्त अन्तराष्ट्रि अवार्ड कार्यक्रममा अन्तराष्ट्रिय मार्सल आर्ट्स महासंघ अध्यक्ष डा.सोके हेइन्ज कोहनेन (Dr. Soke Heinz Kohnen -10th Dan) तथा अन्तराष्ट्रिय संयोजक पी.एच.डी. हान्सी हर्वट इ. फोस्टर (Ph.D Hanshi Heinz Kohnen -10th Dan द्धारा सिहान अशोक कुमार श्रेष्ठलाई “सिनियर मास्टर अफ द ईएर २०१९” तथा “एक्सेलेण्ट एजुकेशनल वर्क्स अफ मार्सल आर्ट्स–२०१९” को गोल्ड अवार्डको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा बिश्वको चर्चित ग्राण्डमास्टरहरु वल्र्ड प्रोफेसनल किकबक्सिङ्ग च्याम्पियन विल वालेस “सुपर फुट” (Grandmaster Bill Wallace “Super Foot”-10th Dan),, विल वालेस सामुयल कोक (Grandmaster Samuel Kwok-Ip Man Martial Arts), ड्रयागन लेडी हलिवुड स्टार सिन्थिया रोथ्रोक (Grandmaster Cynthia Rothrock ‘Dragon Lady’-10th Dan, वल्र्ड प्रोफेसनल किकबक्सिङ्ग च्याम्पियन द लेडी ल्याङ्ग मिस डायसी (Ms Daisy ‘The lady Land’) तथा पावर लिफ्टिङ्ग मिस आगाटा डाउडीङ्ग (Ms Agata Dowding ‘Power Lifting’) को बिशेष उपस्थिती थियो ।