कराँते खेलाडीहरुलाई संघकाे खाधान्न स...

News

Get Update

Image

कराँते खेलाडीहरुलाई संघकाे खाधान्न सहयाेग

11-May 2020

काठमाडौँ, २९ बैशाख : दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने परिवारका कराँते खेलाडीहरुलाई कराँते संघले खाधान्न प्याकेज सहयाेग गरेकाे छ। नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघ(डब्ल्यू. के. के. ओ. नेपाल) ले विश्वभरी फैलिएकाे महामारी कोविड-१९ काे कारण लकडाउनमा रहेका दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने परिवारका कराँते खेलाडीहरुलाई संघले खाधान्न प्याकेज सहयाेग गरेकाे हो  । 

उक्त संघले राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, नेप्लिज फ़ेशन हाेम, समय सान्दर्भिककाे सहकार्यमा याे लकडाउनकाे कारण पिडीत खेलाडीहरुलाई सहयाेग कार्यक्रम ल्याएकाे नेपाल क्याेकिशिन सेईसिन काईकान कराँते संघकाे अध्यक्ष शिहान अशाेक कुमार श्रेष्ठले जानकारी दिनुभयाे। 

शिहान श्रेष्ठ नेपालकाे फुलकन्ट्याक्ट कराँतेकाे क्षेत्रमा नेपालकै पहिलाे अन्तराष्ट्रीय ६ डान प्राप्त ब्ल्याक बेल्ट हुनुहुन्छ र उहाँलाई हालै अन्तराष्ट्रीय कराँते महासंघ, स्विट्ज़रलैंडद्वारा “सीनियर मास्टर अफ द ईयर २०१९” काे गाेल्ड अवार्डबाट सम्मानित हुनुभएको थियो । 

शिहान श्रेष्ठले भन्नुभयो, "हाम्राे खेलकुदकाे मुख्य उद्देश्य भनेकाे राम्राे खेलाडीहरुकाे उत्पादन गरेर देशकाे नामलाई अन्तराष्ट्रीयमा उच्च राख्नु त हुदै हाे त्यसकाे बावजूद पनि असल तथा सामाजिक उत्तरदायित्व प्रति ज़िम्मेवार कराँते खेलाडीहरुकाे रुपमा समाजमा उनीहरुलाई स्थापित गर्नु पनि यस संघकाे लक्ष्य रहेकाे छ ।"

यस संघले हाल लकडाउनबाट दैनिक जीवनयापन गर्न अप्ठ्याराेमा परेका खेलाडीहरुकाे परिवारलाई सहयाेग कार्यक्रम काठमाण्डाै उपत्यका तथा आसपासकाे जिल्लामा मात्र गरेको जनाएको छ  । अन्य कराँते संघहरु भन्दा भिन्न खालकाे क्रियाकलाप गर्दै आएकाे याे संघले आफु अन्तर्गतकाे डाेजाेका खेलाडीहरुलाई तिनीहरुकाे आर्थिक अवस्था हेरी निःशुल्क तालिम, नि:शुल्क बिधालय पाेशाक, ब्याग तथा स्टेशनरीका सामाग्रीहरु बार्षिक रुपमा बितरण गर्दै आएकाे संघका उपाध्यक्ष हेमा मानन्धरले बताउनुभयाे । 

हालसम्म खाधान्न प्याकेज कार्यक्रमबाट ३७५ खेलाडी परिवारहरु लाभान्वित भईसकेका छन् ।

Published By: www.pharaksandesh.com