कराते खेलाडीलाई खाद्यान्न प्याकेज वि...

News

Get Update

Image

कराते खेलाडीलाई खाद्यान्न प्याकेज वितरण

11-May 2020

काठमाडौं – नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघ नेपालले कोरोना संक्रमणबाट जोगाउन लागू गरेको देशव्यापी लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने परिवारका कराँते खेलाडीहरुलाई संघले खाद्यान्न प्याकेज सहयाेग गरेकाे छ ।

संघले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल तथा नेप्लिज फ़ेशन हाेमकाे सहकार्यमा लकडाउनका कारण पिडीत खेलाडीहरुलाई सहयाेग कार्यक्रम ल्याएकाे नेपाल क्याेकिशिन सेईसिन काईकान कराँते संघकाे अध्यक्ष शिहान अशाेक कुमार श्रेष्ठले जानकारी दिनु भयाे ।

शिहान अशाेक कुमार श्रेष्ठ नेपालकाे फुलकन्ट्याक्ट कराँतेकाे क्षेत्रमा नेपालकै पहिलाे अन्तराष्ट्रीय ६ डान प्राप्त ब्ल्याक बेल्ट हुनुहुन्छ र उहाँलाई हालै अन्तराष्ट्रीय कराँते महासंघ, स्विट्ज़रलैंडद्वारा “सीनियर मास्टर अफ द ईयर २०१९” काे गाेल्ड अवार्डबाट सम्मानित गरिएकाे थियाे ।

उहाँका अनुसार खेलकुदकाे मुख्य उद्देश्य भनेकाे राम्राे खेलाडीहरुकाे उत्पादन गरेर देशकाे नामलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्नु त हुदै हाे, त्यसकाे बावजूद पनि असल तथा सामाजिक उत्तरदायित्व प्रति ज़िम्मेवार कराँते खेलाडीहरुकाे रुपमा समाजमा उनीहरुलाई स्थापित गर्नु पनि यस संघकाे लक्ष्य रहेकाे छ ।

संघले हाल लकडाउनबाट दैनिक जीवनयापन गर्न अप्ठ्याराेमा परेका खेलाडीहरुकाे परिवारलाई सहयाेग कार्यक्रम काठमाण्डाै उपत्यका तथा आसपासकाे जिल्लामा मात्र गरिएकाे छ ।

कराते खेलाडीलाई खाद्यान्न प्याकेज वितरण

अन्य कराँते संघहरु भन्दा भिन्न प्रकृतिका क्रियाकलाप गर्दै आएकाे याे संघले आफु अन्तर्गतकाे डाेजाेका खेलाडीहरुलाई तिनीहरुकाे आर्थिक अवस्था हेरी निःशुल्क तालिम, नि:शुल्क विद्यालय पाेशाक, ब्याग तथा स्टेशनरीका सामाग्रीहरु बार्षिक रुपमा बितरण गर्दै आएकाे संघका उपाध्यक्ष हेमा मानन्धरले बताउनु भयाे ।

हाल सम्म खाध्यान्न प्याकेज कार्यक्रमबाट ४७५ खेलाडी परिवारहरु लाभान्वित भईसकेकाे छ ।

www.kalakarmi.com