News

Get Update

Image

समय सान्दर्भिक पब्लिकेसन्स प्रा.लि.का अध्यक्ष हेमा मानन्धर र सल्लाहकार अशोक श्रेष्ठ स्टार अवार्डबाट सम्मानित

21-Jul 2020

काठमाडौँ । समय सान्दर्भिक पब्लिकेसन्स प्रा.लि.का अध्यक्ष हेमा मानन्धर र सल्लाहकार अशोक श्रेष्ठ वल्र्ड बुक अफ रेकर्डको ‘स्टार २०२०’ बाट सम्मानित भएका छन् । सम्मानित द्वयलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले एक कार्यक्रमको बिच सम्मान गरेका हुन् ।

बिगत लामो समयदेखि समाजसेवामा समर्पित मानन्धर समय सान्दर्भिक पब्लिकेसन्सका साथै नेप्लिज फेशन होमका अध्यक्ष हुन्न भने श्रेष्ठ नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष हुन् । मन्त्री गुरुङले दुबैलाई खादा लगाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए । लकडाउनका कारण काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरुमा कराँते खेलाडीहरुलाई खाद्यान्न सहयोग गरेर समाजमा पु¥याएको अतुलनिय योगदानको कदर गर्दै वल्र्ड बुक अफ रेकर्ड, बेलायतले स्टार–२०२० को पदवीबाट उनीहरुलाई सम्मान गरिएको हो ।

उक्त समारोहमा वल्र्ड बुक अफ रेकर्ड, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवाल तथा ¥याप गायक निर्णय श्रेष्ठले सम्मानित व्यक्तित्वहरुलाई वधाई ज्ञापन गरेका थिए । वल्र्ड बुक अफ रेकर्ड विश्वव्यापी रुपमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।

एसिया, अफ्रिका र युरोपसहित विश्व्व्यापी सञ्जालमार्फत वल्र्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक, साँस्कृतिक, सांगीतिक आदि क्षेत्रहरुमा उल्लेख्य योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई सुचिकृत र सम्मानित गर्दै आएको वल्र्ड बुक अफ रेकर्ड, नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले जानकारी दिएका हुन् ।

Published By: https://samayasandarbhik.com

By Samaya Sandarbhik